
मुलुकको राजनीतिक कोर्स निकै अगाडि बढिसकेको उल्लेख गर्दै जेन-जी फ्रन्टकी रक्षा बमले संसद पुनर्स्थापनाको मागलाई पश्चगामी कदमको संज्ञा दिइएको छ ।
‘जेन जी’ भनिने युवा पुस्ता र केही युवा अभियन्ताहरूले अन्तरिम सरकारलाई ‘कामचोर’ घोषणा गर्दै पुरानै संसद ब्युँताउन खोजेको भन्दै त्यसको सट्टा नयाँ जनादेश र ‘पोलिटिकल प्रोसेस’ मार्फत निकास खोज्नुपर्नेमा उनको जोड छ ।
बमले कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा एक युवा नेताले संसद पुनर्स्थापनाको कुरा गर्दै ‘हामीले हातमा चुरा लगाएका छैनौ’ भनी दिएको अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाएकी छिन् ।
उक्त टिप्पणीलाई ‘स्त्रीद्वेषी’ र पितृसत्तावादी सोचको उपज भन्दै परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूले रगत पसिना एक गरेको स्मरण गराइएको छ ।
चुरा लगाएका हातहरू गलत कुकृत्यका विरुद्ध मुठ्ठी उठाइरहेको उल्लेख गर्दै भनेकी छिन्, ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुस् ।’ बमले भदौ २८ मा ती युवा नेताले तिनै चुरा लगाएकी महिलाको खुट्टामा ढोगेको तथ्य समेत प्रस्तुत गरेकी छिन् ।
उनले भदौ २३ को आन्दोलनमा कतै नदेखिएका मिराज ढुंगाना र स्त्रीद्वेषी अभिव्यक्ति दिने सुदन गुरुङमाथि उक्त टिप्पणी गरेकी हुन् ।







