पार्टी कार्यालय पुगेर रविले भने – ‘छाडी जानेलाई शुभकामना !’

santan ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पाटी छाडेर जानेहरुलाई शुभकामना दिएका छन् ।

थुनामुक्तपछि पहिलो पटक कार्यालय पुगेर सम्बोधन गर्दै उनले पार्टीबाट छुट्टिएर गएका सुमना श्रेष्ठ, सन्तोष परियारलाई शुभकामना पनि दिए ।

‘यो यात्राको क्रममा थुप्रै कारणले जुनसुकै कारणले छुट्टिएर जानु भए पनि म शुभकामना अभिव्यक्त गर्न चाहन्छु। हामीले धेरै केही गर्न सकेनौं । तपाईंहरूले हाम्रो लागि धेरै गुण लगाएर जानुभएको छ । म तपाईंहरूको ऋणी रहनेछु,’ उनले भने ।

त्यस्तै, उनले कुन संसद पुनस्स्थापना गर्ने हो ? भन्दै प्रश्न गरेका छन् । संसद् पुनस्स्थापनाका लागि दौडधुप भइरहेको भन्ने सूचना आफूले पाएको बताउँदै उनले संसद पुनस्स्थापनामा षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरे ।

‘म सुनिरहेको छु, संसद् पुनस्स्थापनाका लागि दौडधुप गर्न थाले रे । कुन संसद् पुनस्स्थापनाको कुरा गर्न लाग्नुभएको ? कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको ? षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला,’ उनले भने ।

Scroll to Top