आज नेपालको पहलमा स्थापित ‘विश्व ध्यान दिवस’

santan ads

संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज (डिसेम्बर २१) नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ ‘विश्व ध्यान दिवस’ मनाइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना र विभिन्न संघ-संस्थाहरूको सहभागितामा यो दिवस मनाइएको हो।

संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई आधुनिक स्वास्थ्यको पूरक उपायका रूपमा स्वीकार गर्दै गत वर्ष डिसेम्बर ७ मा यो दिवस मनाउने प्रस्ताव पारित गरेको थियो।

नेपालसहित १८ देशको प्रस्तावलाई राष्ट्रसंघले अनुमोदन गरेपछि आधिकारिक रूपमा डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउन थालिएको हो।

नेपालमा गत वर्ष पहिलोपटक सरकारकै सक्रियतामा टुँडिखेलमा यो दिवस मनाइएको थियो। सन् २०१४ देखि सुरु भएको ११ वर्षको निरन्तर कूटनीतिक प्रयासपछि नेपालले यो गौरव हासिल गरेको हो।

यस क्षेत्रका विज्ञहरूले नेपालको अद्वितीय प्राकृतिक र आध्यात्मिक वातावरणका कारण यसलाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै आएका छन्।


Scroll to Top