सकियो ‘टुर दि पोखरा’: मेयरले भने – ‘९ ताल जोड्ने साइकल लेन बनाउँछौं’

santan ads

साइकल सिटी पोखराले शनिबार ‘आठौँ टुर दि पोखरा’ गरेको छ । स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल यात्रा भन्ने मूल नारासहित कार्यक्रम गरिएको हो ।

पोखरा महानगरपालिकाको पर्यटन भ्रमण वर्ष २०२५, स्वच्छ सहर, हरित सहर अवधारणालाई आत्मसात् गरी सञ्चालन गरिएको साइकल सिटी पोखराका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले जानकारी दिए ।

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराका ९ ताललाई जोड्न १सय १७ किमी लामो लेक-टु-लेक साइकल लेन बनाउने बताए ।

संस्थाले पोखरामा साइकल सिटीको अवधारणाको विकास गरेको जानकारी दिदै उनले टुर दि पोखराले पोखरा भ्रमण वर्षलाई सहयोग पुग्ने चर्चा गरे ।

पोखरा प्रकृति, संस्कृति र सहासिक पर्यटनले चिनिएको उल्लेख गर्दै उनले साइकिलिङ साहसिक पर्यटनमा पर्ने बताए ।

पोखरा महानगर कार्यक्रमको मुख्य प्रवद्र्धक बनेर कार्यक्रमलाई ७ लाख सहयोग गरेको जानकारी दिदै मेयर आचार्यले साइकल यात्रा प्रतिस्पर्धा नभएर प्रवद्र्धन भएको उल्लेख गरे ।

कार्यक्रममा नेपालभरका ३२ जिल्लाका साइकल यात्रीहरू तथा छिमेकी मित्रराष्ट्र भारत लगायत अन्य केही देशबाट समेत गरी करिब १ हजार २ सय ५० जना साइकल यात्री सहभागी भएका छन् । टुर दि पोखराको साइकल यात्रा करिब ५१ किलोमिटर दूरीको छ । 

Scroll to Top