आजै ‘रिलिज’ गर्न रवि कुर्दै रुपन्देही अदालत

santan ads

चितवन हुँदै सडकमार्गबाट रुपन्देहीतर्फ गइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको कागजी प्रक्रिया पूरा गर्न जिल्ला अदालत रुपन्देही पर्खाइमा बसेको छ ।

काठमाडौंबाट भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आउने तय भए पनि खराब मौसमका कारण जहाजको उडानरअवतरण प्रभावित भएको थियो । त्यसपछि काठमाडौंबाट चितवनको भरतपुर हुँदै नारायणगढ(बुटवल खण्डबाट जिल्ला अदालत भैरहवा आउन लागेका हुन् ।

जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जिल्ला अदालतले नै पत्राचार गरेर बोलाएका कारण शुक्रबार कुरेर भए पनि कागजी प्रक्रिया पूरा गर्न प्रतीक्षा गरिरहेको बताए । धेरै राति नभए शुक्रबार नै सबै प्रक्रिया पूरा गरिने उनले बताए ।

Scroll to Top