दुबै गुटले ‘भाउ’ नदिएपछि झांक्री र किसानले दर्ता गरे स्वतन्त्र उम्मेदवारी

santan ads

हालै माधवकुमार नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) त्यागेर मूलघर नेकपा एमालेमा फर्किएका रामकुमारी झांक्री र कृष्णकुमार श्रेष्ठ (किसान) जति उत्साही थिए, त्यति नै निराश भएका छन् ।

उनीहरु फर्कदा अध्यक्ष केपी ओली निकट रहेका थिए । झांक्रीले त अझ एक कदम बढेर ओलीको गुणगान गाउँदैै पुनः अध्यक्षमा चयन गर्नुपर्ने प्रतिक्रिया दिएकी थिइन् ।

यी सबैका बावजुद उनीहरुले केपी गुटबाट टिकट पाएनन् भने ईश्वर पोखरेल खेमाले पनि भाउ नदिएपछि अन्ततः केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जसमध्ये झांक्रीले खुल्ला महिला र किसानले खुल्लातर्फ उम्मेदवारी दिएका हुन् ।

दुबैका समर्थकमा सँगै एमालेमा फर्किएका पत्रकार विश्वमणि सुवेदी रहेका छन् ।

उम्मेदवारी फाराममा हाल संगठित कमिटी उल्लेख गर्नुपर्छ । जसमा उनीहरुले ‘घर फर्क अभियान’ लेखेका छन् ।

Scroll to Top