सिड्नीस्थित बोन्डी बिचमा अन्धाधुन्ध गोली चल्यो, मृतक र घाइतेको विवरण आउन बाँकी

santan ads

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित ‘हनुक्का’ समारोहलाई लक्षित गरी आइतबार भएको गोलीकाण्डमा एक जनाको तत्काल मृत्यु भएको छ।

सामूहिक गोलीबारीको उक्त घटनामा एक प्रहरी अधिकारीसहित अन्य धेरै जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अधिकारीहरूले पुष्टि गरेको जेरुसेलम पोस्ट डटकमले लेखेको छ ।

स्थानीय कानुन कार्यान्वयन निकायका अनुसार घटनालगत्तै दुई जना संदिग्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनास्थलमा सुरक्षा कारबाही जारी रहेको जनाएको छ। सिड्नी प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रहरीको अपरेसन चलिरहेको हुँदा सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान आग्रह गरिन्छ। कृपया प्रहरीको सम्पूर्ण निर्देशन पालना गर्नुहोस् र प्रहरीले घेराबन्दी गरेको रेखा पार नगर्नुहोस्।’

घाइतेहरूको अवस्था र घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Scroll to Top