
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जमा भएको भेटकघाटका नतीजाहरु क्रमशः सार्वजनिक हुने बताएका छन् ।
बिहीबार काठमाडौंमा सम्पादकहरूसँग आयोजित अन्तरक्रियाका क्रममा उनले देउवा निवास महाराजगञ्जमा भएको डेढ घण्टा लामो भेटका परिणामहरू आउँदै जाने बताएका हुन् ।
‘संसद् पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको थियो’, उनले भने, ‘त्यसको परिणाम क्रमशः आउने छन् ।’
ओली र देउवाबीच भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको थियो ।
उक्त भेटको दुई दिनपछि मंसिर २१ गते कांग्रेस संसद् पुनर्स्थापनको मागसहित सर्वोच्च अदालतमा गइसकेको छ। कांग्रेसको उक्त रिटमा पुस २ गते सुनुवाइ हुँदैछ ।







