कांग्रेस कास्की – १ मा उम्मेदवारको आकांक्षी बढे, २० जनाको दाबी पेश

santan ads

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन (२०८२) का लागि नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न चाहनेको लर्को लागेको छ ।

केन्द्रको परिपत्रअनुसार उम्मेदवार छनोट प्रक्रिया सुरु गर्दा प्रत्यक्षतर्फ मात्रै १२ जनाले दाबी पेस गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिले हालै जारी गरेको परिपत्रअनुसार तल्ला तहबाट उम्मेदवार सिफारिस गर्नुपर्ने समयसीमा तोकिएपछि कास्की–१ मा आकांक्षीहरूको आवेदन संकलन सकिएको हो । पार्टीको आन्तरिक शक्ति सन्तुलन र संगठनको प्रभावका कारण यहाँ कडा प्रतिस्पर्धा देखिएको छ ।

क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेका अनुसार प्रत्यक्षतर्फ कृष्णबहादुर केसी, तिलक रानाभाट, जीवन परियार, गुरु बराल, सुदीपमोहन भट्टराई, भानु ढकाल, प्रेम सुवेदी, पुष्पमणि भण्डारी, अप्सरा श्रेष्ठ, बुद्धिमान गुरुङ, गिरिराज गौतम र सोभिता कार्कीले उम्मेदवारी दिने इच्छासहित नाम दर्ता गराएका छन् ।

आकांक्षीमध्ये केही पुराना र अनुभवी नेता छन् भने केहीले पुस्तान्तरणको दाबीसहित नेतृत्वमा आउन खोजेका छन् ।

समानुपातिकतर्फ भने ८ जनाको आवेदन परेको छ । जसमा संज्ञा पोखरेल, कोपिला रानाभाट, दुर्गा लामिछाने, निशा मल्ल ठकुरी, इन्द्रमाया बानियाँ, लालकृष्ण शर्मा भट्टराई, लोककुमारी गुरुङ र खलिल मियाँ छन् ।

Scroll to Top