
पोखरा । पोखरामा पहिलो पटक लाखौ धनराशीको केज फाइट हुने भएको छ ।
पर्यटकीय राजधानी पोखरालाई थप नयाँ गन्तव्यको रुपमा स्थापित गर्नका लागि कन्टेन्डर फाइट सिरिजको तेस्रो संस्करणमा नयाँ विधा थप गरिएको हो ।
साक यान्त मुवाथाईकोको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलाडीले विभिन्न विधामा गरि १२ लाख रुपैयाँ भन्दा बढि पुरस्कार प्राप्त गर्नेछन् ।
पुसको १२ गते हुने अन्तर्राष्ट्रिय प्रतियोगिताले पर्यटकलाई थप मनोरञ्जन दिने आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक तथा साक यान्त मुवाथाई नेपालका सञ्चालक खगेन्द्र छेत्रीका अनुसार प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका अनुभवी फाइटरहरू सहभागी हुनेछ ।
प्रतियोगितामा २५ वटा प्रोफेसनल फाइट रहने छ्न ।
प्रतियोगिता खेल्नका लागि सबै फाइटर पुसको १० गते पोखरा आइपुग्नेछन् ।
पुस ११ गते तौल मापन र प्राविधिक प्रकृया पुरा हुनेछ भने १२ गते मुख्य इभेन्टको आयोजना हुनेछ ।
‘रबिन्द्र ढाँट र सुस्मिता थापा जस्ता प्रतिभाशाली खेलाडीहरु यस्तै फाइटका कारण उदाएका हुन ।







