एउटा ‘क्याच’ छुट्दा कति फरक पर्छ क्रिकेटमा …

santan ads

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सम्पन्न खेलमा फिल्डिङमा भएका गल्ती चितवन राइनोजलाई महँगो साबित भएको छ।

बिहीबार चितवनका फिल्डरहरूले दुई महत्वपूर्ण ‘क्याच ड्रप’ गर्दा सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा १७० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

महँगो पर्‍यो कुशल मल्लको गल्ती

खेलको सुरुवाती चरणमै सुदूरपश्चिमका मुख्य ब्याटर क्रिस लिनले मात्र २ रन बनाएको अवस्थामा जीवनदान पाएका थिए। चितवनका बलर कुशल मल्लले आफ्नै बलिङमा लिनको सहज क्याच छुटाएका थिए।

उक्त जीवनदानपछि क्रिजमा जमेका लिनले त्यसको भरपूर फाइदा उठाए। सम्हालिएर लामो इनिङ खेलेका उनले ५ चौका र ३ छक्काको मद्दतमा ७५ रनको योगदान दिए। अन्ततः उनी ‘रिटायर्ड हर्ट’ भएर पेभेलियन फर्किए।

दीपेन्द्रलाई पनि जीवनदान

यसैगरी, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि ५ रनको व्यक्तिगत स्कोरमा जीवनदान पाए। उक्त मौकाको सदुपयोग गर्दै ऐरीले अविजित २४ रन जोडे।

क्रिकेट विश्लेषकहरूका अनुसार यदि चितवनले यी दुई क्याच नछुटाएको भए सुदूरपश्चिमलाई १५० रनभित्रै रोक्न सकिने सम्भावना बलियो थियो। तर, जीवनदान पाएका ब्याटरहरूले स्कोर बोर्डमा ठूलो अन्तर खडा गरिदिए।

चर्चामा कप्तान र खेलाडीको भूमिका उल्टिएको दृश्य

खेलको दौरान एउटा रोचक संयोगले दर्शकहरूको ध्यान खिचेको छ। विगतमा क्यानडामा भएको ‘जीटी–२०’ लिगमा क्रिस लिनको कप्तानीमा दीपेन्द्रसिंह ऐरी खेलेका थिए। त्यसबेला लिनले ऐरीलाई टिमको रणनीतिका लागि ‘रिटायर्ड हर्ट’ गराएर मैदान बाहिर बोलाएका थिए।

तर, समयको चक्र फेरिएको छ। अहिले एनपिएलमा लिन दीपेन्द्रको कप्तानीमा खेलिरहेका छन्। हिजोको खेलमा रनको गति (रन रेट) बढाउनका लागि कप्तान दीपेन्द्रले लिनलाई ‘रिटायर्ड हर्ट’ गराए र आफैँ ब्याटिङका लागि मैदान प्रवेश गरे।

हिजोका कप्तान आज खेलाडी र हिजोका खेलाडी आज कप्तान भई भूमिका साटिएको यो दृश्य खेलप्रेमीहरूका लागि निकै रोचक बनेको थि

Scroll to Top