
आज राष्ट्रिय महिला समुदाय स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
विशेषतः पछिल्लो समय नेपाली स्वास्थ्य स्वयंसेविकाको भूमिकामा नेपालले अन्तराष्ट्रिय अवार्डसमेत जितेको छ ।
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको आधारभूत स्वास्थ्य सेवामा पुर्याको योगदानको प्रशंसा गरेको छ ।
‘नेपालभरका स्वयंसेविकाले पुर्याउँदै आउनु भएको उल्लेखनीय योगदानप्रति हामी उहाँहरु प्रति आभारी छौँ’ डब्लूएचओले भनेको छ ।
उनीहरुले दैनिकरूपमा लाखौँ नागरिकको घरदैलोमा पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गरी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै डब्लुएचओले यस निःस्वार्थ, निरन्तर र समर्पित सेवाप्रति धन्यवाद प्रकट गरेको छ ।
नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन तथा उच्च सम्मान प्रदान गर्दै सरकारद्वारा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (डिसेम्बर ५)लाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालिएको हो।
यसवर्ष मनाइने महिला स्वास्थ्य स्वयंसेविका दिवसको नारा ‘महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा, स्वस्थ, समृद्ध राष्ट्र निर्माणको टेवा’रहेको छ।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम विशुद्ध स्वयंसेवी कार्यक्रम हो। आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्याउने उद्देश्य प्राप्त गर्नभारतको आँगनवाडी कार्यक्रमलाईमूर्तरुप दिई नेपालमा स्वास्थ्य स्वयंसेवक कार्यक्रमको सूत्रपात गरिएको हो।
यसरी शुरु गर्न लागिएको स्वास्थ्य स्वयंसेवक कार्यक्रम केन्द्रीय जनवर्गीय महिला संगठनको अनुरोध र स्वास्थ्य मन्त्रालयको समन्वयमा सुरु भएको हो।







