आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवसः सरोकारवालाद्वारा समावेशी समाजको अपेक्षा

santan ads

आज ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ।

हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ।

अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा आज बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको समन्वयमा आयोजित प्रभातफेरी खुल्लामञ्च बाट सुरु भएर भृकुटीमण्डपमा पुगेर मूल कार्यक्रममा परिणत भएको थियो ।

प्रभातफेरीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल समेत सहभागी थिए ।

Scroll to Top