मुद्दा-मामिलका ‘पक्ष’ले एक महिनाभित्र कागजात बुझाउनुः कास्की अदालत

santan ads

कास्की जिल्ला अदालतले ‘जेन–जी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका मिसिल तथा कागजातहरू संकलन गर्न पुनः एक महिनाको समय थप गरेको छ।

अदालतले बुधबार एक सूचना जारी गर्दै आगामी पुस १० गतेसम्मका लागि म्याद थपिएको जानकारी दिएको हो।

सर्वोच्च अदालतबाट २०८२ असोज ५ मा जारी भएको ‘विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका’ बमोजिम म्याद थप गरिएको स्रेस्तेदार राजन खनालले जनाएका छन्।

यसअघि असोज २४ गते सूचना प्रकाशित गरी मंसिर १० सम्मको समय दिइएको थियो। तर, सो अवधिमा पर्याप्त कागजात प्राप्त नभएपछि पुनः सूचना जारी गरिएको हो।

अदालतले आन्दोलनका क्रममा भौतिक संरचनासँगै फैसला, निवेदन र प्रमाणहरू जलेकाले पक्षहरूसँग रहेका प्रतिलिपि, फिराद, र फैसलाका कागजहरू पेस गर्न आग्रह गरेको छ।

साथै, आन्दोलनकै कारण तारेख गुज्रेका सेवाग्राहीले पनि पुस १० भित्र अदालतमा उपस्थित भई सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ।

Scroll to Top