
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल, विराटनगरको सहपरीक्षा नियन्त्रक छनोट तथा नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको भन्दै ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले अनुसन्धानका क्रममा त्रिविका एक सहपरीक्षा नियन्त्रक र तीन जना प्राध्यापक (छनोट समितिका पदाधिकारी) विरुद्ध मुद्दा दायर गरेको हो।
सहपरीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्राडा जया लक्ष्मी प्रधान (पद्म कन्या क्याम्पस), सदस्य प्राडा मोतिलाल शर्मा (त्रिवि) रसायन शास्त्र विभाग र प्राडा मेघराज पोखेलविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले त्रिविका सहप्राध्यापक तथा नियुक्त सहपरीक्षा नियन्त्रक डिल्लीराम प्रसाईलाई पनि प्रतिवादी बनाएको छ।







