पहिलो टी-२० विश्वकप उपविजेतालाई क्यानको १० लाख

santan ads

पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकपको उपविजेता बनेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले सम्मान गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको खेल सुरु हुनु अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालाको मैदानमा नेपाली दृष्टिविहीन महिला टोलीलाई सम्मान गरिएको थियो ।

क्यानले नेपाली महिला टोलीलाई १० लाखको चेक प्रदान गरेर सम्मान गरेको थियो । सो अवसर क्यान र नेपाल नेत्रहीन क्रिकेट संघका पदाधिकारी उपस्थिति थिए ।

श्रीलंकामा आइतबार भएको फाइनलमा नेपाललाई भारतले ७ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा ७ राष्ट्रको सहभागिता थियो ।

Scroll to Top