
‘प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने नारासहित यस वर्षको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीद्वारा अभियानको शुभारम्भ गरिएको हो । यस अभियान अन्तर्गत हरेक दिन देशका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छ ।
हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान न्याय, सम्मान र मानव–अधिकारका लागि आवाज बुलन्द गर्ने आन्दोलन हो ।
सन् १९९५ मा चीनको राजधानी बेइजिङमा आयोजित संयुक्त राष्ट्रसङ्घीय चौथो विश्व महिला सम्मेलनले विश्व महिला आन्दोलनको पछिल्लो महत्त्वपूर्ण उपलब्धि र यसले महिलाको मानव अधिकार, महिला र बालिकाको सशक्तिकरणसँग सम्बन्धित बेइजिङ घोषणापत्र र कार्यन्वयनका १२ वटा सरोकारका सवालहरू पारित गरेको थियो ।
अभियान आजदेखि विभिन्न संघसंस्थाहरुको सहकार्य र सहभागितामा काठमाण्डौं, पोखरालगायत देशैभर सुरु हुनेछ । यसबीच, महिला सशक्तिकरणलगायतका कार्यक्रम १६ दिनसम्म निरन्तर आयोजना हुनेछ ।







