पोस्वाविको वार्षिक बजेट १ अर्ब ८९ करोड पारित

santan ads

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभामार्फत आर्थिक वर्ष २०८२–८३ को बजेट पारित गरिएको छ ।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा उपकुलपति डा भरतबहादुर खत्रीले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जसअनुसार प्रतिष्ठानको यो वर्षको बजेट १ अर्ब ८९ करोड ४६ लाख रहेको छ ।

जसमा सरकारबाट प्राप्त ३६ करोड ९५ लाख र आन्तरिक स्रोतबाट प्राप्त आय १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा प्रतिष्ठानले सरकारबाट ५७ करोड १९ लाख पाएको थियो भने आन्तरिक स्रोतबाट १ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

Scroll to Top