महिला फुटबल टोली इन्डोनेशिया प्रस्थान

santan ads

नेपाली महिला फुटबल टोली आइतबार बिहान इन्डोनेशियातर्फ लागेको छ ।

राजधानी जकार्तामा हुने त्रीदेशीय मैत्रीपूर्ण खेलमा सहभागी हुने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गर्दै शुभकामना दिएको छ ।

बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपालसँगै इन्डोनेशिया र चाइनिज ताइपेई रहेका छन् ।

स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)बिना नै नेपाली टोली २ बलिया टिमसँग खेल्दैछ ।

तस्बिरः एन्फा

Scroll to Top