
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउनले अर्धशतक प्रहार गरेका छन् ।
ब्राउनले २९ बलमा ३ छक्का र ५ चौकाको सहयोगमा ५१ रन हानेका हुन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको हो ।
यससँगै जारी सिजनमा आठौँ अर्धशतक प्रहार गर्ने ब्राउन बनेका छन् ।
सिजनमा दोहोरो अर्धशतक एक मात्रै खेलाडी चितवनका रवि बोपारा हुन् । उनले सिजनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले ५२ रन जोडेका थिए ।







