एनपीएलः चितवनद्वारा कर्णाली याक्स पराजित

santan ads

नेपाली प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सविरुद्ध शैफ जैबले ब्याटिङ उकास्दा चितवन राइनोज ४ विकेटले विजयी भएको छ ।

कर्णालीले दिएको १६७ रनको लक्ष्य १९. १ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो ।

चौथो ओभरको पहिलो बलमा डेविड मलान र यही ओभरको पाँचौ बलमा ब्याटर देव खनाल आउट भएपछि चितवनको ब्याटिङ दबाबमा गएको थियो ।

तथापि ओपनर दीपक बोहोराले ९ ओभरको दोस्रो बलसम्म ओपनर दीपक खड्काले ब्याटिङ सम्हाले । उनी ३६ बलमा ६ चौका १ छक्काको सहयोगमा ४२ रन जोडेर आउट भए ।

उनी आउट भएपछि सैफ जैब र रवि भोपाराले ब्याटिङ उकासे । सैफले १६ बलमा ३८ रन जोडेर जितका लागि महत्वपूर्र्ण योगदान गरे । उनले २ चौका र ४ छक्का प्रहार गरे ।

भोपारा आजको जितको निर्णाय ब्याटर हुन् । चौथो ओभरको अन्तिम बलमा क्रिजमा पसेका उनी १८ ओभरको अन्तिम बलसम्म टिके । उनले ३६ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ५२ रन जोडे । उनी चितवनको जितको सर्वाधिक रनकर्ता हुन् ।

Scroll to Top