‘रास्वपाले अझ धेरै राम्रा मान्छे गुमाउँदैछ’ – डा तोशिमा कार्की

santan ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोशिमा कार्कीले पार्टीको वर्तमान अवस्थाले पार्टीका धेरै अब्बल व्यक्तिहरू पार्टी छोड्दै जाने बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो धारणा राख्दै पार्टी सुधारको आवश्यकता रहेको बताइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि उनले कटाक्ष गरेकी छन् ।

‘घमन्ड र दबाबले पार्टी चलाउनु थियो त ओली नै थिए नि, आफू र आफ्नो पार्टी सुधार्न उदार हुन नसक्ने, रिफर्मको एजेन्डालाई प्रतिगमनकारी भन्नेले देश के बनाउलान् र खोई ? हेक्का रहोस्, बेलैमा नसुध्रिए, सबै अट्ने सबै खट्ने गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरू पार्टीले गुमाउँदै छ’ उनले लेखेकी छन् ।

पार्टी बनाउने मार्गचित्र पेस हुनै नदिएको तर, अत्यधिक दबाबको कारण संस्थापन पक्ष बाध्य भएको उनको भनाइ छ । फरक विचार राख्दा मिडिया ट्रायलको बारम्बार सिकार हुनु परेको भन्दै उनले आत्मसम्मानमा प्रहार हुँदा कोही बोलेर, कोही नबोलेर पार्टी त्याग्ने उनले बताइन् ।

Scroll to Top