
कमैया हुँदै नेकपा एमालेकी नेतृ बन्न सफल शान्ता चौधरीको सुर्खेतस्थि शान्ताको अचार आउटलेटमा मध्यराती आगो लगाइएको छ ।
आगलागीबाट आउटलेट पुरै ध्वस्त भएको छ ।
हालै यूरोपमा निर्यात गर्ने इजाजत पाएको अचारलगायतका सामग्री सबै ध्वस्त भएपछि चौधरीले तत्काल अपराधी पत्ता लगाई प्रहरीसमक्ष कारवाहीको अनुरोध गरेकी छिन् ।
‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई’ भन्दै चौधरीले गरिखाने वातावरण बनाइदिन मागसमेत गरेकी छिन् ।
चौधरीको अचार उद्योगमा हाल ३५ जनाले रोजगारी पाएका छन् ।







