जनकपुर बोल्ट्सलाई ‘धोका’ दिएर पोखरा एभेन्जर्स भित्रिए जिम्मी

santan ads

नेपाल प्रिमियर लिग (एनपीएल)को सुरुवाति सिजनमा जनपुर बोल्ट्सबाट खेलेका जिम्मी निसम यसपटक पोखरा एभेन्जर्स भित्रिएका छन् ।

अघिल्लो सिजनमा अलराउन्ड प्रदर्शन गरेका जिम्मीले बोल्ट्लाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को नियमानुसार खेल्न नपाउने भन्दै बोल्ट्सलाई सन्देश पठाएका जिम्मी अहिले एभेन्जर्समा भित्रिएर सबैलाई अचम्मित पारेका छन् ।

न्यूजील्याण्डका निसमको आगमनसँगै एनपिएल खेल्ने टेस्ट राष्ट्रका ४ वर्तमान खेलाडीको टुंगो पनि लागेको छ ।

निसम एभेन्जर्समा भित्रिएपछि बोल्ट्सका समर्थक भने निराश र आक्रोशित भएका छन् ।

यतिबेला सामाजिक सञ्जालमा बोल्ट्सका समर्थकहरुले निसमलाई धोकेबाज भनि प्रतिक्रिया जनाइरहेका छन् ।

अघिल्लो सिजन कमजोर प्रदर्शन गरेको एभेञ्जर्स भने निसमसँगै रेमन रेफर र डानियल डाउथवेटलगायतका विदेशी खेलाडीसँगे उत्साहित भएको छ ।

Scroll to Top