हंगकंग सुपर सिक्समा सन्दिप र रशिदको प्रदर्शन ‘उत्कृष्ट’

santan ads

नेपाली खेलाडी सन्दिप जोरा र राशिद खानले हंगकंग सुपर सिक्सजमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सन्दीपले ५ खेलमा १७६ रन बनाउँदै प्रतियोगिताकै सर्वाधिक रनकर्ता बने । अर्कोतर्फ राशिद खानले ५ खेलमा ९ विकेट लिंदै सर्वाधिक विकेटकर्ता घोषित भए ।

साथै,राशिदले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिए भने ब्याटिङमा समेत ८८ रन बनाए ।

यससँगै नेपालले यसपटक भारतलाई फराकिलो रन अन्तरले हारेर इतिहास रच्न सफल रह्यो गत शनिबार भएको खेलमा नेपालले भारतमाथि ९२ रनको फराकिलो जीत हात पारेको हो ।

हालसम्म नेपालले भारतमाथि कुनैपनि फम्र्याटको जीत निकाल्न सकेको थिएन ।

यस संस्करणमा कुवेतलाई हराउँदै पाकिस्तान च्याम्पियन भएको छ ।

Scroll to Top