
पोखरा । विश्व रेडियोलोजी दिवसको अवसरमा पोखरास्थित गण्डकी मेडिकल कलेज, शिक्षण अस्पताल (जीएमसी)मा ‘विकरण र सुरक्षित एमआरआई’ विषयक सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त सेचतना कार्यक्रममा जीएमसीका मेडिकल फिजिसिष्ट एवं उपप्राध्यापक सुरेन्द्र ढुंगानाले आधुनिक चिकित्सामा रेडियोग्राफी र रेडियोलोजीबारे चर्चा गर्दै त्यसको महत्व र उपादेयताबारे धारणा राखेका थिए ।
त्यस्तै, कार्यक्रमका अर्का वक्ता स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेजका उपप्राध्यापक मनोज भट्ट र जीएमसीकै रेडियोलोजी प्राविधिक आशीष भण्डारीले हाल रेडियोग्राफीका नयाँ पद्दति र रोग पहिचानमा हुने सहजताका विषयमा चर्चा गरेका थिए भने विभागीय प्रमुख एसोसियट प्रोफेशर डा.केशब शर्माले आफ्ना अनुभव बताएका थिए ।
सोही अवसरका वक्ताहरुले रेडियोग्राफीको विकिरणले मानव शरिरमा पार्ने प्रभाव र अपनाउनु पर्ने सुरक्षाका विषयमा जानकारी गराएका थिए ।
GMC,COL ल्याबोरेसन र CMIRT आयोजक रहेको कार्यक्रमको प्रमुख अतिथिमा जीएमसीका प्राचार्य एवं सीइओ रविन्द्र प्रसाद श्रेष्ठ रहेका थिए ।
यससँगै जीएमसी, मणिपाल मेडिकल कलेज, पोखरा विश्वविद्यालय, रिजनल कलेज अफ हेल्थ साइन्स र कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्सका विद्यार्थी,अन्य अस्पतालका रेडियोग्राफर,रेडियो टेक्नोलोजिष्ट,चिकित्सक र पीजी तहका विद्यार्थी लगायतका सहभागिता रहेको आयोजकले जनाएका छन् ।







