आगजनी र प्रहरी हत्या आरोपमा भोजपुरका राई पक्राउ

santan ads

गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा आगजनी, लुटपाट र प्रहरीको हत्या घटनामा संलग्न एकजना व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भोजपुर साल्पा सिलिचो गाउँपालिका–२ दोभाने घर भई हाल काठमाडौँ महानगरपालिका–१६ पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई प्रहरीले शनिबार सामाखुसी चोकबाट नियन्त्रणमा लिएको हो।

राईको बसोबासस्थलमा खानतलासी गर्दा प्रहरीले टाइप ५४ पेस्तोल, म्याग्जिनमा रहेको ७ राउण्ड गोली, आन्दोलनको दिन लगाएको कपडा र जुत्तासमेत बरामद भएको जनाएको छ।

राईमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका राईमाथि यसअघि पनि प्रहरी वृत्त महाराजगञ्जमा ज्यानसम्बन्धी कसूरमा मुद्दा चलिसकेको अभिलेखमा देखिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ।

Scroll to Top