
जेन-जी आन्दोलनका अभियन्ताहरुले आ-आफ्नो अलायन्स गठन गर्ने क्रममा रक्षा बमले ‘नेपाल जेन-जी फ्रन्ट’ गठन गरेकी छिन् ।
फ्रन्टको गण्डकी संयोजकमा सबिज मियाँ रहेका छन् । हालै पोखराबाट स्नातक तह उत्तीर्ण मियाँ स्याङ्जा, पुतलीबजार निवासी हुन् ।
लोकतन्त्रलाई थप सुदृढिकरण गर्ने र सहिद एवं घाइतेको पक्षमा रहेको फ्रन्टले भदौ २३, २४ गते भएको घटनाको न्यायिक जाँचको पक्षमा रहेको मियाँले बताएका छन् ।
‘मुलतः जेन जी आन्दोलनको उपलब्धीलाई संंस्थागत गर्ने योजना अनुरुप फ्रन्ट गठन गरिएको हो’ मियाँ भन्छन् ‘हाम्रा आवाजको उपेक्षा नहोस् भनेर एकताबध्द भएका हौं ।’
उनका अनुसार राजनीतिक दल नै खोल्ने कुनै पनि योजना रहेको छैन ।







