
गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल (जीएमसी) र सेतीमादी बचत तथा ऋण सहकारी संस्थाबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार सहकारीका बचतकर्ताले अबदेखि जीएमसीले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा छूट पाउनेछन् ।
सम्झौतापत्रमा उल्लेख भएअनुसार बचतकर्ताले जीएमसीमा रजिष्ट्रेशन शूल्ककासाथै अन्तरंग र बहिरंग सेवामा छूट पाउनेछन् ।
बहिरंग सेवाअन्तरगत ल्याब, एक्स–रे, इसीजी, यूसीजी, सीटी स्क्यान र एमआरआईमा छूट दिइएको छ भने अन्तरंगमा बेड चार्जमा छूट दिइएको छ ।
०८४ कात्तिक मसान्तसम्म लागु हुने सम्झौतामा बचतकर्ताले छूटसहितको सेवा लिन शेयर सदस्यको प्रमाणपत्र र परिचयपत्र अनिवार्य गरिएको छ ।
सम्झौतापत्रमा जीएमसीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत रविन्द्रप्रसाद श्रेष्ठ र सहकारीबाट अध्यक्ष जयलाल अधिकारीले हस्ताक्षर गरेका छन् ।









