
हामी नेपालका संस्थापक एवं जेन–जी आन्दोलनका अभियन्ता सुदन गुरुङले सरकार र गृहमन्त्रीको कामबाट आफु निराश भएको प्रतिक्रिया दिएका छन् ।
सरकारले गोर्खाबाट डा. निकोलस भुषाललाई पक्राउ गरेपछि त्यस्तै प्रकृतिको अभिव्यक्ति दिने महेश बस्नेतलाई भने खुल्ला छाडेकोमा रोष प्रकट गरेका हुन् ।
गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्ः
निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो?
बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ, आन्दोलन हार्दैछ।







