
गल्याङ नगरपालिका नगरप्रमुख गुरुप्रसाद भट्टराईले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने सन्दीप खत्रीलाई शुभकामनासहित क्रिकेट ब्याट प्रदान गरेका छन् ।
गल्याङ नगरको माटोमा हुर्किएर प्रतिष्ठित क्रिकेट प्रतियोगितामा पुग्न सफल खत्रीलाई स्याङ्जाकै गौरव भएको भन्दै नगरप्रमुख भट्टराईले सम्मानसमेत गरे ।
भट्टराईले सन्दीपको अथक परिश्रम, अनुशासन र प्रतिबद्धताको उच्च प्रशंसा गर्दै आगामी खेल यात्रामा निरन्तर सफलता र उज्ज्वल भविष्यको कामना गरेका छन् ।
‘गल्याङ नगरपालिका खेलकुद प्रतिभा पहिचान र प्रोत्साहनमा सदैव प्रतिबद्ध रहँदै आएको छ र सन्दीप जस्ता युवा खेलाडीहरूका सपनालाई अझ उचाइमा पुर्याउन निरन्तर साथ र सहयोग रहनेछ’ उनले भने ।







