पुनः संरचनाको बाटोमा गण्डकी प्रदेशको स्वास्थ्य निकाय, ‘मर्ज’ र ‘रुपान्तरण’ सुरु

santan ads

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय एवं मातहतका निकायहरुको पुनर्संरचनाको कार्य सम्पन्न भई कार्यान्वयनको चरणमा पुगेको छ।

गण्डकी प्रदेश सरकारद्वारा स्वीकृत पछिल्लो संगठन तथा व्यवस्थापन संर्वेक्षण अनुसार अब मन्त्रालय मातहत ४ केन्द्रहरु, १४ अस्पताल, ११ आयुर्वेद अस्पताल/चिकित्सालय- २/९ र १० जनस्वास्थ्य कार्यालयहरु रहनेछन् ।

शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित ‘प्रदेश प्रशासनिक संरचना पुनरावलोकन, अध्ययन तथा सुझाव समिति’ ले सबै प्रादेशिक निर्देशनालयको खारेजी, जनस्वास्थ्य

कार्यालय र आयुर्वेद चिकित्सालयहरु अस्पतालमा मर्ज गर्न सिफारिस गरेको भए पनि अब जनस्वास्थ्य कार्यालय र आयुर्वेद चिकित्सालयहरु साविक बमोजिम नै रहेन छन् ।
प्रादेशिक स्वास्थ्य निर्देशनालय खारेज भएको छ भने प्रदेशभर जनस्वास्थ्य कार्यक्रमहरुको नेतृत्व, सहजीकरण र समन्वयका साथै साविक जनस्वास्थ्य कार्यालय, कास्की समेतको कार्य गर्ने गरी प्रदेश जनस्वास्थ्य कार्यालय, कास्कीलाई प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकीमा रुपान्तरण गरिएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्रलाई मर्ज गरी प्रादेशिक रोग नियन्त्रण केन्द्र बनाइएको छ।

प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्र र प्रादेशिक स्वास्थ्य तालिम केन्द्र भने साविक बमोजिम नै कायम छन्।

Scroll to Top