वान-डे क्रिकेट विश्वकपको उपाधि भारतको नाममा

santan ads

भारतीय महिला टोलीले पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ।

नवी मुम्बईको डीवाई पाटिल रंगशालामा खेलिएको महिला विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतीय टोली च्याम्पियन बनेको छ।

भारतीय टोलीले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्‍यो। भारतीय महिला टोली पहिलो पटक च्याम्पियन बन्यो।

२९९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका ४५.३ ओभरमा २४६ रनमा अलआउट भयो। दक्षिण अफ्रिकी कप्तान लौराले १०१ रन बनाइन्।

भारतका लागि दीप्ती शर्माले ९.३ ओभरमा ३९ रन दिँदै पाँच विकेट लिइन् भने शफाली वर्माले दुई विकेट लिइन्।

पहिले ब्याटिङ गर्दै भारतले ५० ओभरमा सात विकेट गुमाउँदै २९८ रन बनायो। भारतका लागि शफाली वर्माले ८७ र दीप्ती शर्माले ५८ रन बनाइन्।

दक्षिण अफ्रिकी बलर अयाबोङ्गा खाकाले ९ ओभरमा ५८ रन दिएर तीन विकेट लिए।

यसअघि टोलीले यसअघि २००५, २०१७ को एकदिवसीय विश्वकप र २०२० को टी-२० विश्वकपमा उपविजेता बनेको थियो।

Scroll to Top