
शिक्षा मन्त्री महाविर पुनले सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन्।
केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ भन्दै मन्त्री पुनले यस्तो अनुरोध गरेका हुन्।
सर्को ताने पनि केही छैन भन्दै मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्छन्, ‘केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ। सर्को ताने पनि केही छैन। तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ।’
मन्त्री पुनले कसैलाई प्रत्यक्ष सम्बोधन नगरेपनि काठमाण्डौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले मध्यरातमा लेखेको स्टाटसप्रति लक्षित गरेको अनुमान गर्न सकिन्छ ।
बालेनले शनिबार राति भारत, चीन, अमेरिका र नेपाली राजनीतिक दलहरूबारे अश्लील र आपत्तिजनक शब्द प्रयोग गर्दै स्टाटस लेखेका थिए, जुन पछि उनले हटाएका छन्।







