
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले राजश्व अनुसन्धानका नाममा व्यवसायीको बदनाम गर्ने काम नगर्न राजश्व अनुसन्धानसँग आग्रह गरेका छन् ।
राजश्व अनुसन्धान कार्यालय बुटवलले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा पोखरामा आयोजना गरेको राजश्व चुहावट नियन्त्रणसम्बन्धी अन्तक्र्रियामा कार्कीले भने ‘हामी अनुसन्धान नै नगर्नुहोस् त भन्दैनौँ तर आतंकित पार्ने काम हुनुभएन ।’
उनले भन्सारमा नै चोरी नियन्त्रण एवं सामानको राजश्व तिर्नका लागि कसिलो व्यवस्था गरेमात्र राजश्व बढ्ने र वास्तविक व्यवसायीले न्याय पाउँने धारणा राखे ।
राजश्वका अनुसन्धान अधिकृत सुवास श्रेष्ठले राजश्व चुहाहट रोक्नका लागि नागरिककै तर्फबाट सहयोग हुनुपर्नेमा जोड दिएका छन् । उनले कानूनको परिपालना गर्नु र गराउनु नागरिकको कर्तव्य भएको स्मरण गराउँदै कर चुहावट रोक्नु पनि त्यही कर्तव्यअन्तर्गत रहेको बताए ।
कार्यक्रममा बोल्दै उनले भने,‘राज्यले लागू गरेका नीति नियम पालना गर्नु नागरिकको कर्तव्य हो । कर छली अपराध हो र राज्यले त्यस्ता व्यक्तिलाई छुट दिँदैन । तर,हामी व्यवसायीलाई दुःख दिएर हैन, सहजीकरण गरेर नै राजश्व चुहावट रोक्नका निम्ति प्रयत्नशील छौँ ।’
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुलीले चोरी निकासीबाट आएका सामान नियन्त्रणतर्फ लाग्न राजश्व कार्यालयसँग अनुुरोध गरिन् । व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा हट्नुपर्ने पनि उनको धारणा थियो ।
कार्यक्रममा राजश्व विभागका काम र र अधिकारबारे चर्चा गर्दै राजश्व कार्यालय बुटवलका लेखा प्रमुख निमराज भट्टराईले कपडा,मोटर पार्टस्,इलेक्ट्रोनिक्स सामान,मदिरालगायतका सामानमा कर छल्ने प्रवृृत्ति रहेको बताए । यस्तै गिट्टी–बालुवाका कारोवारी,जग्गा व्यवसायी,भन्सार एजेन्ट,वकिल, पटके शिक्षक, म्यानपावर कम्पनीका संचालकहरुले आयकर कम तिर्ने गरेको पनि उनको भनाइ छ ।
कतिपय अवस्थामा करका कर्मचारीसँगको मिलेमतोमा कम राजश्व तिर्ने प्रवृत्ति पनि देखिएको पनि उनले स्वीकारे । राजश्व चुहावट गर्नेलाई राजश्व चुहावट ऐन९अनुसन्धान तथा नियन्त्रण० २०५२ अनुुसार कारवाही हुने पनि उनले बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव सुदीप प्रधानाङ्ग, कार्यसमिति सदस्य टीकाराम सुवेदी र सूर्यराज घिमिरे, अधिकृत बिक्रेता संघ लेखनाथका अध्यक्ष निर्मल पौडेल, सुनचाँदी व्यवसायी दुर्गा सुनार, व्यवसायी लक्ष्मण श्रेष्ठलगायतले पनि विभिन्न जिज्ञासा राखेका थिए ।







