एन्फा उपाध्यक्ष खड्कालाई स्पष्टिकरणपछि निलम्बन

santan ads

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा परेका छन्। शुक्रबार भर्चुअल रुपमा बसेको एन्फाको आपतकालिन बैठकले खड्कालाई निलम्बन गरेको हो।

यसअघि एन्फा अध्यक्ष अध्यक्ष पंकजबिक्रम नेम्बाङले खड्कालाई गत आइतबार स्पष्टिकरण सोधेका थिए।

अध्यक्ष नेम्बाङ विदेश गएको बेला आफू स्वतस् कार्यवहाक अध्यक्ष भएको भन्दै खड्काले महासचिव किरण राईलाई स्पष्टिकरण सोधेका थिए। साथै तीन दिनभित्र जावाफ नदिएको भन्दै खड्काले राईलाई निलम्बन समेत गरेका थिए।

यो प्रक्रियाका अनाधिकृत भएको भन्दै अध्यक्ष नेम्बाङले वरिष्ठ उपाध्यक्ष खड्कालाई आइतबार स्पष्टिकरण सोधेका थिए। खड्कालाई पाँच वटा प्रश्न गर्दै स्पष्टिकरण सोधिएको थियो। उक्त जवाफ चित्तबुझ्दो नभएपछि खड्का निलम्बनमा परेका हुन्। उनको निलम्बन आगामी साधारण सभासम्म हुने बताइएको छ।

खड्कालाई यसअघि सोधिएको स्पष्टिकरण पत्रमा एन्फाको पहिचानलाई कमजोर बनाउने, आन्तरिक विषयहरुमा गोपनियता कायम नगर्ने, संघको वरिष्ठ उपाध्यक्षको हैसियतमा पालना गर्नुपर्ने आचरण पालन नगर्ने र संघको विधान विपरीत अनधिकृत रुपमा संघका पदाधिकारीविरुद्ध सामाजिक सन्जाल, आमसञ्चार माध्यमहरुको प्रयोग गरी गलत अफवाह फैलाउने जस्ता आरोप लगाइएको थियो ।

Scroll to Top