kenya air bus accident

केन्या विमान दुर्घटना :१२ जनाको मृत्यु

केन्यामा यात्रुवाहक सानो विमान राष्ट्रिय निकुञ्जनजिक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

सानो यात्रुवाहक विमान पर्यटकीय केन्द्र डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक निजी हवाई पट्टी किचवा टेम्बोतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार बिहान करिब ५:३० बजे खसेको हो ।

केन्या सिभिल एभिएसन अथोरिटीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “विमानमा १२ जना व्यक्ति सवार थिए ।”

विज्ञप्तिमा थप विवरण दिइएको छैन, तर दुर्घटनाको कारण पत्ता लगाउन सरकारी एजेन्सीहरू घटनास्थलमा पुगिसकेको जनाइएको छ ।

Scroll to Top