arju bista salyani

गीतकार सम्मान ‘सल्यानी’लाई

santan ads

पोखरा । यस वर्षको गीतकार सम्मान आरजु विष्ट ‘सल्यानी’लाई प्रदान गरिने भएको छ ।
गीतकार प्रतिष्ठान, नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसर पारेर कार्तिक १५ गते शनिवार पोखरामा गीतकार सल्यानीलाई ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित गीतकार सम्मान २०८२ प्रदान गर्ने भएको हो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ र सुरज उपाध्याय सदस्य तथा अध्यक्ष शीतल गिरी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई प्रतिष्ठानको कार्यसमितिले अनुमोदन गरेको उपाध्यक्ष अनुराग अधिकारीले जानकारी दिए ।

सल्यानको खलङ्गामा जन्मेका गीतकार विष्ट २०५८ सालदेखि पोखरामा रही पत्रकारिता तथा साहित्य लेखनमा क्रियाशील छन् ।

‘सागर’ र ‘झ्याम्म झ्याम्म’ गरी २ गीति एल्बमसमेत बजारमा ल्याइसकेका विष्टका जित मात्रै कहाँ हो र , झ्याम्म झ्याम्म, ठोकिँदा ठोकाइमा, लौ आयो भलिबल, आहा रारा गोल्डकपमा लगायतका गीत चर्चित छन् । उनका करिब ३०० गीत रेकर्ड भएका छन् ।

यसअघि उनी गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, विन्दवासिनी राष्ट्रिय सङ्गीत पत्रकारिता पुरस्कार, राप्ती राष्ट्रिय म्युजिक पुरस्कारलगायतबाट पुरस्कृत भएका छन् । हाल उनी रेडियो अन्नपूर्णमा समाचार प्रमुखका रूपमा कार्यरत छन् ।

Scroll to Top