दमकल मार्गको कार्यालय ‘साँघुरो’ भन्दै भाडामा सर्दै पोखरा महानगर

santan ads

जेनजी आन्दोलनपछि न्यूरोडस्थित पोखरा महानगरको कार्यालय ध्वस्त भएको छ । जसले सेवा प्रवाहमा महानगरले कठिनाई भएको छ ।

साविकको कार्यालय ध्वस्त भएपछि शान्तिवनस्थित दमकल मार्गमा रहेको नयाँ भवनबाट हाल कार्यालय सञ्चालन गर्न सकिने भएपनि महानगरले नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिने तयारी गरेको छ ।

आन्दोलनपश्चात महानगरले विभिन्न स्थानबाट सेवा प्रभाह गर्दा नगरबासीलाई गाह्रो भएकाले एकै ठाउँबाट सेवा दिने उद्देश्यले भाडामा लिने तयारी गरिएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।

‘अर्को कार्यालय बनाउनका लागि समय त चाहिन्छ नै । त्यो समयसम्मका लागि हामीले सभागृह र दमकलबाट काम गरिरहेका छौं । सभागृह पनि अब छिट्टै पुनः निर्माणमा जाँदै छ,’ उनले भने, ‘त्यसो भएपछि अर्को भवन त चाहियो नै सोही कारण सरकारी भवन भएका कारण वाणिज्य बैंकको २ तला खाली छ । त्यसैमा सर्ने तयारी गरिएको हो । तर, फाइनल भएको छैन । हामी वार्तामै छौं ।’

नयाँ भवनमा सरेपछि एउटै भाडामा अरु स्थानमा भएको महाशाखा पनि एकै ठाउँबाट सञ्चालन गर्न सकिने मेयर आचार्यले बताए ।

‘अहिले पनि हामीले कृषि महाशाखा, पूर्वाधार, सामाजिक विकास, प्रज्ञा प्रतिष्ठान पनि बाहिर छन् । यी सबैलाई एकै ठाउँमा ल्याउँदा बाहिर तिर्नुपर्ने भाडा कम हुन्छ, । भाडाका विषयमा पनि वार्ता हुँदै छ । अहिल्यै फाइनल भएको छैन्,’ उनले भने, ‘एकै ठाउँमा भएपछि जनताले सुख पाउँछन् । अहिले त पोखरा महानगरको कार्यालय कहाँ छ भनेर पनि जनता कन्फ्युजमा छन् । सेवा प्रवाहमा सहजता प्रदान गर्नका लागि हामीले ठाउँ खोजेका हौं ।’

आन्दोलनपछि पोखरा सभागृह हल, सोही स्थानमा रहेको व्यवसाय प्रवद्र्धन केन्द्र र शान्तिवनको दमकलमा रहेको भवनमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक लेखा समिति, कानुन सरसफाई, सूचना प्रविधि र दमकल सञ्चालनमा छ ।

Scroll to Top