नेपाली सुस्मीता भारतकी स्टार फाइटर सोनम सँग भिड्ने

santan ads

पोखरा । तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् ।

नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् ।

सुस्मिताको लागि यो फाइन करियरकै ठूलो फाइटको रुपमा रहेको छ ।

भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन ।

२१ वर्षिय सुस्मिता मुवाथाईमा अहिलेसम्म अपराजित खेलाडी हुन् ।

किकबक्सिङमा उनको रेकर्ड १–१ रहेको छ । फाइटिङ करियर सुरु भएको जम्मा एक वर्षमै, उनले अन्तर्राष्ट्रिय स्तरको मञ्चमा मुख्य इभेन्ट फाइट पाउने सफलता हासिल गर्नु सामान्य कुरा नभएको प्रशिक्षक खगेन्द्र क्षेत्रीले सुनाए ।

भारतकी २७ वर्षर्षीय सोनमको प्रोफेशनल फाइटिङ रेकर्ड ७–१ रहेको छ ।

एमएफएनको शीर्ष फाइटरमध्ये एक हुन् । अनुभव, शक्ति र स्थानीय समर्थन यी सबै उनका पक्षमा छन् ।

‘यो भिडन्त दुई फरक शैली र पृष्ठभूमिका फाइटरबीचको टक्कर हुनेछ विश्वास लिएको छु । हामी सीमापारी गएर आफ्नो देशको झण्डा उच्च पार्ने दृढ निश्चयका साथ रिङमा उत्रदै छौं’, क्षेत्रीले भने, ‘यो सुस्मिताका लागि अवसर हो । अहिले केहि समस्या छ तरपनि फाइटका लागि तयार भएका छौं । यो अवसर खेर जान नदिने सोँचमा हामी अघि बढ्ने छौं ।’

Scroll to Top