
पोखराको प्रस्याङ चिल्ड्रेन पार्कनजिक बिहान करिब ३ बजेको समयमा स्थानीय अनिल पराजुलीको हत्या भएको छ ।
पराजुलीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा २४ वर्षीय किशोर तिमिल्सिनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले हतियार प्रयोगपछि घाइते पराजुलीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको केही समयमै उनको निधन भएको बताए ।
पराजुली र तिमिल्सिनाबीच विवाद भएपपछि घर फर्कनेक्रममा हत्या गरेको प्रहरीको प्रारम्भिक बुझाई छ ।४५ वर्षीय पराजुलीको स्थायी ठेगाना सराङकोट रहेको प्रहरीले बताएको छ ।
हतियार प्रयोग गरेपछि तिमिल्सिना दाईको होटल पुगेको र दाईले नै प्रहरीलाई खबर गरेको बताइएको छ ।
तिमिल्सिनालाई धारिलो हतियारसहित पक्राउ गरी कत्र्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।







