सोमबार निर्वाचन आयोगमा राष्ट्रिय जेन–जी पार्टी नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन पुगेको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले दिएको जानकारी अनुसार किरण विक (हिरा प्रसाद सेती)लाई अध्यक्ष राखेर दल दर्ताको निवेदन परेको हो । उक्त निवेदनलाई आयोगले ५३९ नम्बरमा दर्ता गरेको छ।
निवेदन दिएपछि विकले भनेका छन्, ‘जेन-जी क्रान्तिले देशभरका युवामा राजनीतिक चेतना आएको छ । त्यस चेतनालाई राजनीतिक पुँजीमा रूपान्तरण गर्दै आगामी निर्वाचनमार्फत् नयाँ नेतृत्वको आधार बनाउनुपर्ने भएको छ ।’
निवेदनमा उनीहरूले निर्वाचन चिह्न क्रस खुकुरी माग गरेका छन् । तर, उक्त चिन्ह परिवर्तनका लागि आयोगले सुझाएको छ ।
उक्त जेन–जी पार्टीको उपाध्यक्षमा मुना विक छिन् । उनी अध्यक्ष हिरा विककी पत्नी हुन् । महासचिवमा गोपाल आचार्य, सचिवहरूमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठलाई राखिएको छ ।
पार्टीमा रहेकामध्ये किरण जेन-जी आन्दोलनमा होमिएका युवक हुन् ।