रुपा तालमा माछाको उत्पादन करिब आधा घट्यो

santan ads

कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै गएको छ । रुपा ताल पुनः स्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २० हजार किलोग्राम उत्पादन घटेको हो ।

विगत २४ वर्षदेखि रुपा तालको संरक्षण र पुनः स्थापनामा संलग्न सहकारीले ताल संरक्षणसँगै माछाको संरक्षण र उपयोग गर्दै आएको छ । गत वर्ष सहकारीले विभिन्न जातका ४० हजार ८५ केजी माछा उत्पादन गरेकामा यस वर्ष घटेर २१ हजार ९१० केजी मात्रै उत्पादन भएको हो ।

माछा उत्पादनमा कमी आएसँगै सहकारीको आम्दानीमा पनि ठूलो असर परेको सहकारीका निवर्तमान अध्यक्ष शिवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार गत वर्ष एक करोड ७१ लाख ९७ हजार ६२४ रुपैयाँ बराबरको माछा बिक्री भएकामा यस वर्ष एक करोड आठ लाख ४६ हजार ९६६ रुपैयाँ बराबरको माछा बिक्री भएको छ ।

अघिल्लो वर्षको तुलनामा करिब ६० लाख रुपैयाँको आम्दानी घटेको र यसमा वातावरणीय प्रभाव तथा चराको प्रकोप नै मुख्य कारण रहेको उनको बुझाइ छ ।

रुपा तालमा विशेषतः जाडोको समयमा आउने जलेवा चरा माछा उत्पादनमा कमी आउनुको प्रमुख कारक मानिएको छ । ‘हरेक वर्ष कात्तिकदेखि तीनरचार महिनाको समयमा रुपा तालमा जलेवा चरा आउने गरेका छन् । हरेक याममा १५० देखि २५० को सङ्ख्यामा यी चरा आउने गरेका छन्’, निवर्तमान अध्यक्ष अधिकारीको भनाइ छ ।

जाडो याममा आउने जलेवाको वासस्थान भने पोखराको फेवाताल किनाराको रानीवन हो । रानीवनबाट बिहान ७ः०० बजेतिर समूहमा आउने यी चरा दिनभर रुपा तालमा बसेर बेलुका पुनः रानीवन नै फर्कने गरेका छन् ।

अधिकारीका अनुसार यसरी आउने चराले करिब ९ बजेसम्म माछा खाएर दिनभरि ताल किनाराका रुखका मुडा तथा ठुटामा बस्ने गर्दछन् ।

 रासस

Scroll to Top