पर्यटन परिषद्को २५ औं वार्षिक साधारणसभा सम्पन्न

santan ads

पोखरामा कृयाशील पर्यटन सम्बद्ध सघसंस्थाहरूको छाता संगठन पोखरा पर्यटन परिषद्ले आफ्नो २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाको परिषद्का संस्थापक अध्यक्ष एवम् सल्लाहकार अशोक पालिखेले दीप प्रज्वलन गरी उद्घाटन गरे ।

संस्थापक अध्यक्ष पालिखेले परिषद् स्थापनाकालिन विविध पक्ष बारे प्रकाश पार्दै यसको महिमा र गरिमा बढाउनुपर्ने बताउँदै पोखराको पर्यटनलाई केवल लेकसाइडमा मात्रै सिमित नगरी यसको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

पर्यटन क्षेत्र पोखराको आर्थिक गतिविधिको प्रमुख माध्यम बनेको बताउँदै उनले शान्ति सुव्यवस्थासँगै ढुक्कसँग आफ्नो व्यवसाय गर्ने कुराको सुनिश्चितता हुनुपर्ने आवश्यकता औंल्याए ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् सल्लाहकार डम्बरबहादुर केसीले परिषद् सम्बद्ध १४ वटा संस्थाहरू एकतावद्ध हुँदै अघि बढेमा अपेक्षित उपलब्धि हासिल हुनसक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवम् परिषद्का पूर्व अध्यक्ष गोपिबहादुर भट्टराई, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका महाशाखा प्रमुख हेमा पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका लेखा अधिकृत सागर श्रेष्ठ लगायतले मन्तव्य रोखका थिए ।

Scroll to Top