सुन्नै नसकिने भयो सुनको भाउ !

santan ads

स्थानीय बजारमा उकालिँदै गरेको सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार सुनको कारोबार प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा भएको थियो ।

त्यसतै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेर प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Scroll to Top