कास्की जिल्लाभित्र कुनै पनि कार्यक्रम आयोजना गर्नुपूर्व आयोजकले दोहोरो स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले हालै जारी गरेको सूचना अनुरुप कुनैपनि कार्यक्रम गर्न आयोजकले पहिले स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने छ ।
स्थानीय प्रशासन जस्तै, पोखरा महानगरपालिका, गाउँपालिकाबाट स्वीकृति लिएपछि जिल्ला प्रशासनमा निवेदन दिनुपर्नेछ ।
कास्की प्रशासनको सूचनामा ‘अनिवार्यरुपमा सम्बन्धित स्थानीय तहबाट कार्यक्रम सञ्चालनको स्वीकृति लिएर मात्र शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ’ उल्लेख छ ।
जसअनुसार आयोजकले कार्यक्रम सञ्चालन हुने मिति, स्थान, सुरु र समापन हुने समयका साथै सहभागी संख्यासमेत खुलाउनु पर्नेछ ।
चाडपर्वकाबेला शान्ति, सुरक्षाको प्रत्यायोजन गर्न दोहोरो व्यवस्था गरिएको कास्की प्रशासनले जनाएको छ ।