आइसिसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत समूह बीमा रहेको नेपालले आज समूह चरणको अन्तिम खेलका रूपमा जापानसँग खेल्दैछ।
नेपाल र जापान बीचको खेल अल अमिरत क्रिकेट स्टेडियममा आज ४:१५ मा हुने छ।
नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो।
९ टिमलाई ३ समूहमा विभाजन गरी भइरहेको यस प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।
समूह ‘बी’ अन्तर्गत भएको दोस्रो खेलमा जापानसँग पराजित हुँदा कुवेत भने समूह चरणबाटै बाहिरिएको छ।
बिहीबार भएको खेलमा कुवेत जापानसँग ५ विकेटले पराजित भएको हो।
यससँगै नेपाल र जापानले सुपर सिक्समा स्थान बनाइसकेका छन्। आज नेपाल र जापानमध्ये विजेता टोली समूह विजेताका रूपमा सुपर सिक्स खेल्नेछ।






