प्रदर्शन गर्नै नपाई पक्राउ परे निकोलस

santan ads

आन्दोलन गर्न माइतीघर मण्डल पुगेका डा. निकोलस भुसालसहितका युवा पक्राउ परेका छन् ।

प्रहरीले भुसाल र एसपी साहसहितलाई प्रदर्शन नै गर्न नदिई पक्राउ गरेर भ्यानमा हालेको हो ।

जेन-जीको एउटा समूहले गर्ने भनिएको प्रदर्शन स्थगित भएको अवस्थामा भुसाल भने प्रदर्शन गरिछाड्ने भन्दै माइतीघर मण्डला पुगेका थिए। तर प्रहरीले कडा सुरक्षा जाँचसहित कसैलाई पनि प्रदर्शन गर्न नदिएको हो ।

भुसालले बिहान११ बजेदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शन हुने बताएका थिए । प्रधानमन्त्री गृहमन्त्रीले सहिदको र जेन-जीको माग पूरा गर्न नसके राजीनामा दिनुपर्ने उनको माग छ।

उनले सरकार आफैँ चलाउने भन्दै जेन-जीको माग पूरा गर्न संविधान संशोधन पनि गर्ने बताएका थिए ।

प्रशासनले अघिल्लो सूचना नदिई सडक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीले प्रदर्शन रोक्ने क्रममा ‘सार्वजनिक सुरक्षाको कारण’ देखाएको छ।

Scroll to Top