प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई ‘दलाई लामाको ग्याङ्’ भएको थापाको भनाई

santan ads

नेकपा एमालेका नेता सूर्य थापाले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल, बालेन र सुदन गुरुङलाई दलाई लामाको ग्याङ् भनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता थापाले ऐतिहासिक सम्पदा, व्यक्ति, व्यापारी, पार्टीको सम्पत्ति जलाउनेहरु जल्लाद भएको भन्दै उनीहरुले पानीमुनी गएपनि उन्मुक्ति नपाउने लेखेका छन् ।

त्यस्तै, चुनाव गराउने भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन् भन्दै लोकतन्त्रमा ‘हुल अफ ल’ किमार्थ स्वीकार्य नभएको टिप्पणी गरेका हुन् ।

उनले चारवटा सुरक्षा प्रमुखहरूले गलत आदेश खारेज गरिसकेको बताउँदै गैरकानुनी आदेशको न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुने बताएका छन्

Scroll to Top