वीर अस्पतालको डाक्टर बस्ने कुर्सी !

santan ads

सरकारकै ठूलो अस्पताल वीर अस्पतालका चिकित्सक दिपक मल्लले त्यहाँ कार्यरत डाक्टर बस्ने कुर्सीको हालत सार्वजनिक गरेका छन् ।

डा. मल्लले आफुहरु थोत्रै कुर्सीमा बस्न आपत्ति नरहेको तर उपचार गराउन आउने बिरामीहरुलाई भने उचित व्यवस्था हुनुपर्ने धारणा राखेका छन् ।

वीरमा एन्डोक्राइनका चिकित्सक रहेका मल्लले यस्तो भनेका छन्ः

एक विनम्र अनुरोध वीर अस्पताल प्रशासनलाई—कृपया मेरो ओपिडी रुम ३५१ (एन्डोक्राइन ओपिडी)मा यो कुर्सी राखिदिनुहोस् ।

म वीर अस्पतालमा रहँदासम्म यहीँ कुर्सीमा आफ्ना बिरामीहरूलाई जाँच्न सधैं तयार छु । तर, मेरो एउटा विनम्र अनुरोध छ—ओपिडीमा आउने बिरामीहरूलाई आराम र आत्मीयता अनुभव गर्न सकुन् भनेर नयाँ सोफा राखिदिनु होला।

हामी चिकित्सक र नर्सहरूले आफ्ना बिरामीलाई उपचार गर्न मस्तिष्क र ज्ञान प्रयोग गर्छौं, आफ्नै आरामको चिन्ता गर्दैनौं ।

नेपाली जनताको सेवामा निरन्तर समर्पित सम्पूर्ण स्टाफ र चिकित्सक साथीहरूलाई हृदयदेखि धन्यवाद ।

वीर अस्पताल-हामी सबैको अस्पताल ।

तस्बिरः डा. दिपक मल्ल

Scroll to Top